पुजारीको घाँटी रेटेर हत्या

२०७३ असार १७ गते, शुक्रबार

काठमाडौं, १७ असार । बंगलादेशमा एक जना हिन्दू मन्दिरका पूजारीको घाँटी रटेर हत्या गरिएको छ। एक अधिकारीका अनुसार पुजारी बिहान अर्जनाको तयारी गरिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाले उनको हत्या गरेका हुन् । हत्या गरेर हत्याराहरु फरार भएको बताइएको छ । उनको हत्या किन र कस्ले गरेको भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन । हत्यामा इस्लामिक कट्टरपन्थीको संलग्नता रहेको आशंका गरिएको छ। बंगलादेशमा यसअघि पनि हिन्दू मन्दिरका पुजारीमाथि आक्रमण हुँदै आएको छ।

प्रतिक्रियाहरु

[anycomment]