चीनमाथि मिसाइल आक्रमण

२०७३ असार १८ गते, शनिबार

काठमाडौँ, १८ असार । ताइवान सेन्ट्रल न्युज एजेन्सी सीएनएका अनुसार ताइवानको नौसेनाले भूलबस एउटा मिसाइल प्रहार गर्दा चीनमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । काओसियुंगमा एउटा डुंगा ड्रिलका क्रममा गस्तीमा रहेको सियुंग फेंग तृतीय नामक एन्टी शिप मिसाइल छुटेको हो ।
मिसाइल चिनियाँ भूमिमा पेंघु द्वीपको एउटा माछा समाप्ते डुंगामा गएर ठोक्किएको बताइएको छ । रक्षा अधिकारीहरुका अनुसार यो घटनामा डुंगाका ताइवानी कप्तानको मृत्यु भएको छ । सियुंग फेंग तृतीय मिसाइलको मारक क्षमता ३ सय किलोमिटर छ । यो घटना त्यतिबेला भएको छ जतिबेला चिनियाँ कम्युनिष्ट पार्टी गठनको ९५औं वर्षगाँठ मनाइँदैछ ।
सम्वाददाताहरुले यो घटनाबाट चीनसँगको सम्बन्ध प्रभावित हुन सकट भन्ने प्रश्नमा उपप्रशासक मी चा शुले भने–नौसेनाले द्वीपको रक्षा मन्त्रालयलाई यो सूचना दिइसकेको र घटनाको छानविन भइरहेको बताए ।
घटनाबारे चीनलाई सिघै सूचना दिए नदिएको बारेमा भने स्पष्ट भइसकेको छैन ।चीन ताइवानलाई आफ्नो देशको पृथक भएको प्रान्त मान्दछ । आवश्यक परे चीनमै मिसाउने चीनले बताउँदै आएको छ । चीनका सयौ मिसाइल हरेक समय ताइवानको दिशामा तैनाथ रहने गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]