इराकमा तीन दिने राष्ट्रिय शोक
काठमाडौं, २० असार । इराकमा आतंकवादी आक्रमणमा १ सय २५ जना मारिएपछि तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । इस्लामिक अतिवादी समूह आईएसले श्रृंखलावद्ध रुपमा विष्फोट गराएको क्षेत्रको अवलोकन गरेपछि प्रधानमन्त्री हैदर अल अवादीले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका हुन् । रमदान सकिएको अवसरमा बजारमा सामान खरिद गर्न सर्वसाधारण निस्केको समयमा राजधानी बग्दादमा आइएसले गराएको श्रृंखलाबद्ध बिस्फोटमा अरु १ सय ५० जना घाइते भएका छन् ।
मारिनेमा १५ जना बालबालिका परेका छन् । ६ जना प्रहरी पनि मारिएका छन् । इराकी सेनाले फलुजा शहर आइएसको नियन्त्रणबाट बाहिर ल्याएपछि आइएसले गरेको यो दोश्रो ठूलो आक्रमण हो । अमेरिकाले यस घटनाले इराकलाई साथ दिनुपर्ने निर्णय अझ सार्थक बनेको प्रतिक्रिया दिएको छ ।