हजारौ नागरिक खान नपाएर मर्ने अवस्थामा

२०७३ असार २१ गते, मंगलवार

काठमाडौं , २० असार । संयुक्त राष्ट्रसंघले सिरियाको चार शहरमा फसेका करिब ६२ हजार नागरिक खान नपाएकै कारण मृत्युको मुखमा पुगेको जनाएको छ। संयुक्त राष्ट्रसंघका सिरिया संयोजक याकुब अल हिलोले उनीहरुलाई उक्त क्षेत्रबाट बाहिर निकालेर मानवीय सहयोग उपलव्ध गराउन अपिल गरेका छन् ।
यसैबीच रेडक्रसको अन्तर्राष्ट्रिय कमिटिले गत वर्ष डिसेम्बरमा आफूलाई इस्लामिक स्टेट बताउने समूहको कब्जाबाट मुक्त गरिएको रमादा सहरको ध्वस्त हुँदै गरेको भिडियो सार्वजनिक गरेको छ। यो भिडियो ड्रोनको माध्यमबाट शूट गरिएको हो ।
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष पिटर मौररले भने–नागरिकको कठिनाइ निकै बढेको छ। हजारौ नागरिक मारिएका छन् । लाखौले सहर छाडेका छन् । परिवार विभाजन भएको छ। रमजानको महिना सकिँदैछ । तर कयौ नागरिक अहिले पनि त्रास र अनिश्चितताको माहौलमा छन् । उनले भने–एउटा मानवीय विध्वंस हाम्रा सामु छ । सबैका लागि हालात झनपछि झन बिग्रदै गएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]