साउदी अरबको मदिनामा भएको विस्फोटको सर्वत्र निन्दा
काठमाडौं, २२ असार । साउदी अरबको मदिनामा भएको विस्फोटको सर्वत्र निन्दा भएको छ । इरान जवाद जरीफले घटनाको निन्दा गर्दै शिया सुन्नी समुदाय एकजुट नभएसम्म विश्वमा यस्ता घटना दोहोरिरहने भन्दै दुबै समुदायलाई एकजुट हुन अपील गरेका छन् । उता इजिप्टको बिदेश मन्त्रालयले विज्ञप्ती प्रकाशित गरी आतंकवादीहरु धर्म, आस्था र मानवता बिरोधी रहेको भन्दै घटनाको निन्दा गरेको छ । उसले मुस्लिमहरुको पवित्र पर्व रमदानको प्रार्थनामा रहेकै बेला भएको हमलालाई क्रुर भन्दै आतंकवादलाई परास्त गर्न बिश्व समुदाय एकजुट हुनुपर्ने बताएको छ ।
साउदी अरबको सर्वोच्च धार्मिक स्थल मदिनामा परिसरमा भएको आत्मघाती बम बिस्फोटमा चार सुरक्षाकर्मी मारिएका थिए । उता साउदी अरबको जेद्दा स्थित अमेरिकी बाणिज्य दूताबास नजिक भएको आत्मघाती हमलाकार पाकिस्तानी नागरिक भएको खुलासा भएको छ ।
अब्दुल्ला गुलजार खान नामका ती ब्यक्ति बर्र्षाैंदेखि साउदी अरबमा रहँदै आएको बताइएको छ । – एजेन्सी