सिया मस्जिदमा आत्मघाती हमला
काठमाडौं, २४ असार । रोयटर्स समाचार एजेन्सीले इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तिमा ३० जनाको मृत्यु भएको जनाएको छ ।
इराकी सुुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले भने विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ ।
मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला भएकाहरु माझ भएको आत्मघाती बम विस्फोट र गोली प्रहारमा अन्य धेरै घाइते भएका छन् । बलाद शहरमा रहेको मस्जिदमा आत्मघातीले बम विस्फोट गराएलगत्तै गोली चलेको अधिकारीहरुले बताएका छन् । – एजेन्सी