ट्राफिक जाममा फस्दा १२ जनाको मृत्यु

२०७३ असार २५ गते, शनिबार

काठमाडौँ, २५ असार । इन्डोनेसियामा कयौ दिनदेखि यति लामो ट्राफिक जाम लाग्यो कि यसमा फसेका १२ जनाको मृत्यु भएको छ। ट्राफिक जाममा पानीको कमी र थकानका कारण उनीहरुाके मृत्यु भएको बताइएको छ। जाभा द्वीपमा रमजान महिनाको अन्त्यमा विदा मनाउन निस्किएकाहरुको संख्या बढी भएका कारण ट्राफिक सिग्नलमा जाम भएको हो । जाम यति लामो थियो कि यसमा लाखौ फसेका थिए ।
इन्डोनेसियाको ट्राफिक विभागका अनुसार तीन दिनको अन्तरालमा १२ जनाको मृत्यु भएको हो । इन्डोनेसियाका संचार माध्यमले मृत्यु हुनेमा वृद्धवृद्धा रहेको बताएका छन् । जाममा उनीहरुको गाडी तातेका कारण मृत्यु भएको हो । एक बालिकाको मृत्यु भने गाडीबाट निस्कने विषालु ग्यासका कारण भएको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]