उत्तर कोरियाद्धारा अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको धम्की

२०७३ असार २७ गते, सोमबार

काठमाडौं, २७ असार । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको चेतावनी दिएको छ । उत्तर कोरियाको चुनौति सामना गर्न भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न सहमति भएपछि उत्तरको यस्तो चेतावनी आएको हो । प्योङयाङले यसलाई पूरै चुनौतिको रुपमा लिएको जनाएको छ । उत्तर कोरियाले बारम्बार अमेरिका र छिमकी दक्षिण कोरियालाई आक्रमणको धम्की दिइरहने गरेको छ ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि परमाणु हतियार विकसित गर्ने प्रयास जारी राखेको छ । केही दिनअघि मात्र अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनविरुद्ध लगाएको प्रतिबन्धलाई प्योङयाङले युद्धको खुल्ला घोषणा भनेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]