आईएसका बरिष्ठ सैनिक कमाण्डर मारिए

२०७३ असार ३० गते, बिहीबार

काठमाडौं, ३० असार । अमेरिकी हमलामा इस्लामिक अतिवादी संगठन आईएसका बरिष्ठ सैनिक कमाण्डर शिशानी मारिएका छन् । इराकको शिरकत शहरमा अमेरिकी सेनाले गरेको हमलामा उनी मारिएको पुष्टी आइएसले गरेको छ । अबु बक्र अल बगदादीका निकट मानिने तरखान बतिराश्विली नामका शिशानीको मृत्युले आइएसलाई ठूलो धक्का लागेको छ ।
अमेरिका र रुसबीचको लडाइका सशक्त भूमिका निर्वाह गरेका शिशानीलाई अमेरिकी रक्षा मन्त्रालयले यसअघी युद्ध मन्त्रीको उपमा दिएको थियो ।
आइएसका आवद्ध भएपछि अमेरिकाले शिशानीलाई मोस्ट वान्टेडको सूचीमा राखी ५० लाख अमेरिकी डलरको इनाम घोषणा गरेको थियो । सिरियामा भएको अमेरिकी हमलामा मारिएको अमेरिकी दाबीलाई अस्वीकार गर्दै आएको आइएसले उनी इराकी हमलामा मारिएको पुष्टी गरेको हो । इराकको मोसुल शहर नियन्त्रण मुक्तीका लागि भएको अमेरिकी हमलामा उनी मारिएको दाबी आइएसको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]