नाइट क्लवमा अन्धाधुन्ध गोली प्रहार, दुई मारिए, १६ घाइते
काठमाडौँ, १० साउन ।अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइट क्लवमा भएको अन्धाधुन्ध गोली प्रहारमा दुई जना मारिएका छन् । फ्लोरिडा फोर्ट मायर्समा भएको घटनामा १६ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । घटना हुने बेला नाइट क्लवमा किशोर किशोरीको पार्टी चलिरहेको बताइएको छ ।
घटनामा मारिने र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको बताइएको छ। घाइतेहरुलाई अस्पताल लगिएको छ । प्रहरीले गोली प्रहार गर्ने एक जनालाई हिरासतमा लिएको जनाएको छ। प्रहरीले अर्को स्थानमा पनि एउटा घर र गाडीमा गोली चलेको जनाएको छ। गोली हानाहानसम्बन्धी घटनाको करण खुल्न सकेको छैन ।