आईएसबिरुद्ध अमेरिकी हमला

२०७३ श्रावण १८ गते, मंगलवार

काठमाडौ, १८ साउन । अमेरिकी सेनाले इस्लामिक अतिवादी संगठन आईएसको पकड रहेको क्षेत्रमा हवाई आक्रमण गरेको छ । लिबियाको बन्दरगाह रहेको सिर्त शहरमा गरिएको हवाई आक्रमणका कारण थुप्रै आइएस कार्यकर्ता मारिएको र उक्त क्षेत्र क्षतविक्षत भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको आदेशमा आक्रमण गरिएको भन्दै पेन्टागनले लिबियामा आईएसका गतिविधि मत्थर पार्नका लागि अमेरिकी कदम सार्थक हुने जनाएको छ । पछिल्लो समय आईएसको आक्रमणका कारण लिबियामा थुपैै्र मारिइएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]