रेलभित्र चक्कु आक्रमण , ६ जना घाइते

२०७३ श्रावण ३० गते, आईतवार

काठमाडौं, ३० साउन । स्विटजरल्याण्डमा एक युवकले गुडिरहेको रेलमा चक्कु प्रहार गर्दा छ जना घाइते भएका छन् । ज्वलनशिल पदार्थ र चक्कु सहित रेलमा प्रवेश गरेको २७ बर्षिय युवकले रेलमा आगजनी गर्नुका साथै चक्कु प्रहार गर्दा उनीहरु घाइते भएका हुन् । घाइते हुनेमा छ बर्षिय बालक पनि छन् । आक्रमणकारी पनि घाइते भएका छन् । स्वीस सरकारले घटनाको छानबिन भइरहेको भन्दै यो आतंकवादसँग सम्बन्धित भने नरहेको जनाएको छ । घाइतेको शरिर पूरै जलेकाले अवस्था गम्भीर रहेको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]