विमान दुर्घटनापरि तीन जोडीको मृत्युु

२०७३ श्रावण ३१ गते, सोमबार

काठमाडौं, ३१ साउन । अमेरिकामा एउटा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अलाबामामा भएको उक्त विमान दुर्घटनामा विवाहित तीन जोडी परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तुस्कालोसा विमानस्थलनजिकै उक्त विमान दुर्घटना भएको थियो । उनीहरु फ्लोरिडामा भएको डेन्टल कन्फेरेन्सबाट भाग लिएर फर्कदै गरेको बताइएको छ ।
जसमा दुई जना अक्सफोर्डका दन्त चिकित्सक रहेका थिए । दुर्घटनामा आमाबाबुको निधन भएपछि ११ जना बच्चा भने टुहुरा बनेको जनाइएको छ । विमानस्थलनजिकैको रुपमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]