विवाह समारोहनजिक आत्मघाती विष्फोट, २२ जना मारिए

२०७३ भाद्र ५ गते, आईतवार

काठमाडौं, ५ भदौ । टर्कीमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिएका छन् । गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको विष्फोटमा अरु ९४ जना घाइते भएका छन् । यो आतंकवादी आक्रमण भएको सरकारले जनाएको छ । यो सिरियाको सीमादेखि करीब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस रहने गर्दछन् ।
यसअघि मे मा गराइएको आत्मघाती आक्रमणमा दुई प्रहरी मारिएका थिए । टर्कीका पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]