आत्मघाती विष्फोटमा १२ बर्षे बालक !

२०७३ भाद्र ६ गते, सोमबार

काठमाडौं, ६ भदौ । टर्कीमा आत्मघाती विष्फोट गराई ५१ जनाको हत्या गराउने १२ देखि १४ वर्षको बालक रहेको दावी गरिएको छ । टर्किस राष्ट्रपति रिसेप तैयम अर्दोगानले यस्तो दावी गरेका हुन् । यसअघि उनले घटनामा आईएसको हात रहेको बताएका थिए । टर्कीको गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको आत्मघाती विष्फोटमा ५१ जना मारिनुका साथै करीब ७० जना घाइते भएका थिए ।
सिरियाको सीमादेखि करिब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस समुदाय रहने गर्दछन् । टर्कीमा पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]