ओबामाद्वारा राष्ट्रपति रोड्रोगोलाई भेट्न अस्वीकार
काठमाडौं, २१ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले फिलिपिन्सका राष्ट्रपति रोड्रोगो डुटेर्तेलाई भेट्न अस्वीकार गरेका छन् । लाओसमा हुन लागेको आसियान शिखर सम्मेलनमा ओबामा र डुटेर्तेबीच भेटघाट हुने निधारित कार्यक्रम रहे पनि राष्ट्रपति डुटेर्तेले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै ओबामाले भेट्न अस्वीकार गरेका हुन् ।
सम्मेलनअघि डुटेर्तेले ओबामामाथि अपशब्द प्रयोग गर्दै गाली गरेका थिए । फिलिपिन्सका सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिने क्रममा डुटेर्तेले फिलिपिन्स सम्प्रभु देश भएको भन्दै यसको मालिक पनि फिलिपिन्सका जनता मात्र भएको प्रतिक्रिया दिएका थिए । उनी राष्ट्रपति भएपछि फिलिपिन्समा अहिलेसम्म २ हजार ४ सयभन्दा बढी मारिएका छन् ।- एजेन्सी