सिरियाको द्वन्द्व समाधान गर्न अमेरिका र रसिया सहमत

२०७३ भाद्र २५ गते, शनिबार

काठमाडौ, २५ भदौ । सिरियामा चलिरहेको द्वन्द्व समाधानका लागि एकीकृत प्रयास गर्न अमेरिका र रसिया सहमत भएका छन् । आउँदो सोमबार देखि सिरियाको विषयलाई लिएर दुई देशबिच उत्पन्न भएको शत्रुता अन्त्य गर्न दुवै देश सहमत भएका हुन् । अब अमेरिका र रसियाले सिरियाली विद्रोही बिरुद्ध संयुक्त कार्वाही थाल्नेछन् । यस्तै सिरिया सरकारलाई विपक्षीको नियन्त्रणमा रहेको क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरिनेछ ।
अमेरिकी विदेश मन्त्री जोन केरीका अनुसार त्यसका लागि अमेरिकाले संयुक्त केन्द्र स्थापना गर्नेछ र त्यही केन्द्रमार्फत इस्लामिक स्टेट आइएस तथा अल–नुस्रा विरुद्ध संयुक्त कारबाही अभियान चलाइनेछ । जेनेभामा जोन केरी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबिच भएको छलफल पछि दुई देशले सिरिया मुद्दामा एक भएर लाग्ने घोषणा गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]