उत्तर कोरियामाथि थप प्रतिबन्ध !
काठमाडौं, २५ भदौ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाले शुक्रबार परमाणु परीक्षण गरेपछि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेपछि दक्षिण कोरिया, चीन, जापान, अमेरिकालगायतका देशले विरोध गर्दै उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।
यसैबीच, अमेरिकाले भने उत्तर कोरियामाथि सैनिक कारबाहीको तयारी गरेको बताइएको छ । उत्तर कोरियाले अरु शक्तिशाली राष्ट्रको बेवास्ता गर्दै यो वर्षमात्रै पाँचओटा परमाणु परीक्षण गरिसकेको छ । – एजेन्सी