उत्तर कोरियालाई सिध्याउने खेलमा अमेरिका

२०७३ भाद्र २६ गते, आईतवार

काठमाडौं, २६ भदौ । उत्तर कोरिया मामिलामा अमेरिकी विशेष प्रतिनिधिका अनुसार अमेरिकाले उत्तर कोरियाको पछिल्लो परमाणु परीक्षणविरुद्ध एकतर्फी कारबाही गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । विशेष प्रतिनिधि सुंग किमका अनुसार अमेरिकाको यो कारबाही राष्ट्र संघको नयाँ प्रतिबन्धको तयारीभन्दा फरक हुनेछ । किमले जापानी अधिकारीहरुसँगको औपचारिक बैठकमा यस्तो कुरा बताएका हुन् । उनले उत्तर कोरियाविरुद्ध अमेरिकाका अन्य प्रकारका कारबाहीका विषयमा पनि विचार गरिरहेको बताए । यसका लागि अमेरिकाले जापान र दक्षिण कोरियाको सहयोग लिनेछ ।
उत्तर कोरियाले शुक्रबार आफ्नो पाँचौ परमाणु बम परीक्षण गरेको थियो । यसलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण बताइएको छ। यसबाट उत्तर कोरियाले परमाणु हतियार विकासमा महत्वपूर्ण प्रगति गरेको आशंका गरिएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]