ओबामाले लगाएको भिटो खारेज
काठमाडौं, १३ असोज । अमेरिकी कंग्रेसले राष्ट्रपति बराक ओबामाले लगाएको भिटो खारेज गरिदिएको छ । सेप्टेम्बर–११ सँग सम्बन्धित विधेयकमाथि राष्ट्रपति ओबामाले लगाएको भिटो अस्वीकृत गर्ने पक्षमा कंग्रेसले मतदान गरेको हो । खारेज गरिएको विधेयकमा सेप्टेम्बर ११ को ट्वीन टावर आक्रमणका पीडित परिवारले साउदी सरकारको विरुद्धमा मुद्दा दायर गर्न सक्ने अधिकार दिइएको थियो । ओबामाले आफ्नो भिटो खारेज गरेर संसदले खतरनाक गल्ती गरेको प्रतिक्रिया दिएका छन् । ओबामाको आठ वर्षे शासनकालमा पहिलो पटक संसदले भीटो अस्वीकृत गर्ने पक्षमा मत दिएको हो । खारेज गर्ने पक्षमा सीनेटका ९७ तथा कायम हुनुपर्ने पक्षमा जम्मा १ मत मात्र परेको थियो । जबकी अमेरिकी संसदको तल्लो सदनमा पनि ओबामाको विपक्षमा ३४८ तथा पक्षमा ७७ मात्र मत परेको थियो ।
आतंकवादलाई प्रश्रय दिनेविरुद्धको न्याय अधिनियम जास्टा नाम दिइएको यस विधेयकको विपक्षमा ओबामा प्रशासनले ठूलो मिहिनेत गरेको थियो । यो कानून लागू गरिए अमेरिकी राष्ट्रिय हितमा निकै ठूलो नोक्सान हुने भन्दै ओबामाले दुबै सदनलाई पत्र ने लेखेका थिए ।
यसै कानूनका कारण अमेरिकी सुरक्षा बल र विदेशमा काम गरिरहेका अमेरिकी पनि कानूनी दायरामा पर्नसक्ने चिन्ता ओबामाको छ । विधेयक पारित गर्ने यस निर्णयले राष्ट्रपतिको सम्प्रभुताको अवधारणको पनि अन्त्य भएको टिप्पणी गरे ।- एजेन्सी