ज्वालामुखी बिस्फोटवाट सयौं मानिस विस्थापित

२०७३ आश्विन १६ गते, आईतवार

काठमाडौं, १६ असोज । मेक्सिकोमा कोलिमा ज्वालामुखी बिस्फोट हुँदा थुप्रैं मानिस विस्थापित बनेका छन् । ज्वालामुखी बिस्फोट भएपछि त्यस वरपरका सयौं मानिस सुरक्षित स्थानमा गएका हुन् । राजधानी मेक्सिको सिटीबाट ६ सय ९० किलोमिटर उत्तरपश्चिममा रहेको कोलिमा ज्वालामुखीबाट लाभा र कालो धुवाँ निस्किरहेको छ । ज्वालामुखीबाट निस्कएको लाभा त्यहाँबाट तल बगेको देखिन्छ । ज्वालामुखी पर्वतनजिक रहेका दुई गाउँमा तीन सय ५० भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी अधिकारीले बताएका छन् । मेक्सिकोमा कोलिमा ज्वालामुखीलाई भोल्क्यानो अफ फायरको रुपमा चिनिन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]