ट्रम्पको अभिव्यक्ति खतरनाक : ओबामा

२०७३ कार्तिक ५ गते, शुक्रबार

काठमाडौँ, ५ कात्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनको नतिजा स्वीकार गर्छु भन्न नसक्नु खतरनाक भएको बताए । डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको चुनावी अभियानलाई सम्बोधन गर्दै राष्ट्रपति ओबामाले चुनावी नतिजा स्वीकार गर्न आनाकानी गर्नु अमेरिकी प्रजातन्त्रलाई अपमान गरेको बताए ।
टेलिभिजन बहसका क्रममा ट्रम्पले स्पष्ट आफ्नो जित भएमा मात्रै चुनावी नतिजा स्वीकार गर्ने बताएका थिए । उनले निर्वाचनका क्रममा डेमोक्र्याटहरुले धाँधली गर्ने आशंका व्यक्त गरे ।

प्रतिक्रियाहरु

[anycomment]