दक्षिण अफ्रिकाद्वारा करिब २३ हजार हतियार नस्ट
काठमाडौँ, ५ कात्तिक । दक्षिण अफ्रिकामा अपराधमूलक घटना नियन्त्रण प्रयासस्वरुप प्रहरीले २२ हजार ९९९ हतियार नियन्त्रणमा लिइ नस्ट गरेको छ । प्रहरीले मुलुकको विभिन्न भागबाट नियन्त्रणमा लिएका हतियार दुरुपयोग नहोउन् भन्ने उद्देश्यका साथ हतियारलाई आगोमा गलाएर नस्ट गरेको यहाँको प्रहरीले जनाएको छ । प्रहरीले देशमा विभिन्न भागबाट बन्दुक, पेस्तोल र राइफललाई जम्मा गरी जलाएको जनाएको थियो ।
यसैक्रममा सुरक्षाकर्मीद्वारा प्रयोग गर्दे आएका तर साह्रै पुराना तथा काम नलाग्ने करिब तीन हजार १०० हतियारलाई पनि सोक्रममा नस्ट गरिएको थियो । दक्षिण अफ्रिकामा नागरिकलाई बन्दुकमुक्त बनाउने अभियानस्वरुप चालिएको अभियानमा नागरिकस्तरबाट पनि व्यापक सहयोग भएको प्रहरीले जनाएको छ । – रासस/सिन्ह्वा