आइएसद्वारा ३० जना सर्वसाधारणलाई अपहरण गरी हत्या
काठमाडौं, १० कात्तिक । अफगनिस्तानमा इस्लामिक स्टेट आईएसले ३० जनाको अपहरण गरी हत्या गरेको छ । अफगानिस्तानको घोर प्रान्तमा काठ संकलन गरिरहेका सर्वसाधारणको अपहरणपछि हत्या गरेको बताइएको छ । सर्वसाधारण अपहरणमा परेको खबरपछि सेनाले कारवाही गरेको थियो । सेनाले कारवाही थालेपछि अपहरणमा परेकाहरुलाई आइएसले गोली हानी हत्या गरेको अफगानी अधिकारीहरुले बताएका छन् । अफगानिस्तानका जनता तालीवान बिद्रोही र आईएसको दोहोरो मारमा छन् । – एजेन्सी