८ सयभन्दा बढी आइएस मारिएको दाबी

२०७३ कार्तिक १२ गते, शुक्रबार

काठमाडौ, १२ कात्तिक । इराकको मोसुलमा करिब दुई साता अघि सुरु भएको सैन्य कारवाहीका क्रममा इस्लामिक स्टेट (आईएस) का ८ सयभन्दा बढी लडाकु मारिएको बताइन्छ । अमेरिकी सेनाका अनुसार मोसुललाई आईएसबाट मुक्त गराउने उद्देश्यले थालिएको सो कारवाही आगामी दिनमा अझ सशक्त हुनेछ । हाल मोसुल आसपासका गाउँमा केन्द्रीत कारवाही अब मोसुलभित्र केन्द्रीत हुने जनाइएको छ । मोसुलमा तीन हजार पाँचसयदेखि पाँच हजारको संख्यामा आईएस लडाकु रहेको अनुमान गरिएको छ ।
सैन्य कारवाही तीब्र हुँदै गएका कारण आईएसका लडाकुहरु महिलाको भेषमा सहरबाट बाहिरिन थालेको र कतिपयले स्थानीयबासीलाई मानव ढालका रुपमा प्रयोग गरेको सैन्य अधिकारीहरुको भनाइ छ । आईएसले आफ्नो नियन्त्रणमा रहेका तेलका खानीहरुमा समेत आगजनी गरेर सेनालाई अवरोध गरिरहेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]