भारत र पाकिस्तान सम्बन्ध थप चिसिंदै

२०७३ कार्तिक १२ गते, शुक्रबार

काठमाडौं, १२ कात्तिक । भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिदैं गएको छ । एकअर्काबीच कुटनीति सम्बन्ध चिसिदै गएपछि तनाव झन बढेको छ । दुबै मुलुकले एकअर्काको एक–एक कर्मचारीलाई देश निकाला गरेका छन् । हिजो भारतले पाकिस्तानी उच्चयोगका एक कर्मचारीलाई २९ अक्टोबरसम्ममा भारत छाड्न आदेश दिएको थियो । लगत्तै पाकिस्तानले पनि इस्लामावादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश निकाला गरेको छ । पाकिस्तानी विदेशसचिव निसार अहमद चौधरीका अनुसार यसबारे भारतीय राजदूतलाई सूचित गरिएको वीवीसीले लेखेको छ ।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार भारतीय उच्चायोगका सदस्य सुरजित सिंहलाई पाकिस्तानबाट निकाला गरिएको हो । यसअघि भारतले पाकिस्तानी उच्चयोगका कर्मचारी महमुद अख्तरलाई देश निकालाको आदेश दिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]