क्षेप्यास्त्र परीक्षणको विफलताबारे गम्भीर छानविन
काठमाडौँ, १३ कात्तिक । उत्तर कोरियाली नेता किम जोङ उनले क्षेप्यास्त्र परीक्षणमा मुलुकले झेल्नु परेको असफलताबारे गम्भीर छानविन गरिरहेका छन् । उनले क्षेप्यास्त्र परीक्षण कार्यक्रममा अमेरिकी र दक्षिण कोरियाली जासुसको भूमिकाबारे अनुसन्धान अघि बढाएका हुन् । उत्तर कोरियाद्वारा परीक्षण गरिएका केही क्षेप्यास्त्र सफल नहुनुमा अमेरिका र दक्षिण कोरियाको भूमिका रहेको हुन सक्ने आशंकाका साथ छानविन अघि बढाइएको अधिकारीहरुको भनाइ छ । मुसुडान क्षेप्यास्त्र आठ पटकसम्म परीक्षण गर्दा एक पटकमात्र सफल भएको थियो । यी असफलताका लागि उत्तर कोरियाले आफ्नो मुलुकको परमाणु हतियार कार्यक्रममा जुटेका अधिकारीहरु मध्ये केही अमेरिकी र दक्षिण कोरियाली जासुस हुन सक्ने आशंका गरेको छ । – एजेन्सी