१० लाख सिरियाली सेनाको घेराबन्दीमा

२०७३ मंसिर ७ गते, मंगलवार

काठमाडौं, ७ मंसिर । द्वन्द्वग्रस्त मुलुक सिरियाका १० लाख सर्वसाधारण सिरियाली सेनाको घेराबन्दीमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्र संघले घेराबन्दीमा परेका सर्वसाधारणको संख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको जनाएका हो ।
सिरियामा जारी गृहयुद्धका कारण फसेका १० लाख जनतालाई भोकमरीको समस्या रहेको र मानवीय सहायता तथा उचित उपचारबाट बन्चित गराइएको राष्ट्र संघको भनाइ छ । उनीहरुलाई देश छोड्न वा आत्मसमर्पण गर्न बाध्य तुल्याइएको तथ्यांकमा उल्लेख छ ।
घेराबन्दीमा परेकाहरुमा अधिकांश दमस्कसको उपनगर जोबार, हजार अल असवाद क्षेत्रका रहेको बताइएको छ । सिरियामा बर्षाैंदेखि जारी संघर्षमा ३ लाख भन्दा बढीको ज्यान गइसकेको छ भने लाखौं विस्थापित भइसकेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु