इजरायलमा भीषण आगलागी
काठमाण्डौ ,१० मंसिर । इजरायलको तेस्रो ठूलो सहर हाइफामा जंगली क्षेत्रमा लागेको आगोबाट खतरा बढेपछि १० औं हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । दुई महिना लामो खडेरीका कारण जंगलमा लागेको आगो तीब्र हावासँगै सहरी क्षेत्रका लागि खतरा बनेको हो । आगोबाट जेरुसेलम र पश्चिमी तटका बस्ती पनि खतरामा रहेको बताइएको छ । इजरायलका प्रहरी प्रमुखले आगलागी कसैले नियतबस लगाएको पनि हुन सक्ने बताएका छन् । – एजेन्सी