यूगाण्डाका राजा हिरासतमा

२०७३ मंसिर १३ गते, सोमबार

काठमाडौं, १३ मंसिर । पश्चिम यूगाण्डामा प्रहरी र राजाका समर्थक लडाकूबीच भएको हिंसामा ५५ जना मारिनुका साथै अरु थुप्रै घाइते भएका छन् । हिंसा मच्चाउनका लागि रवेनजूरुरुका राजालाई जिम्मेवार ठहर्‍याइएको छ र उनलाई नियन्त्रणमा लिइएको खबर छ । चाल्र्स वेस्ले मुम्बेरेलाई हिंसा फैलाएको आरोप लागेको छ । सुरक्षाकर्मीले राजा मुम्बरेको महलमा छापा मारी उनलाई नियन्त्रण लिएपनि आफूमाथि लगाइएको आरोपको भने उनले अस्वीकार गरेका छन् । हिंसामा १२ जना प्रहरी र ४१ जना लडाकू मारिएका छन् । लडाकू समूह यूगाण्डाबाट अलग हुनुपर्ने भन्दै हिंसा मच्चाइरहेको सरकारले जनाएको छ ।
आक्रमणकारीहरु डेमोक्रेटिक रिपब्लिकन अफ कंगोको सीमामा नयाँ राज्य बनाउने उद्देश्यले हिंसा मच्चाइरहेको प्रहरीले जनाएको छ । वर्षौवर्षसम्म सत्ताका लागि त्यहाँ भएको संघर्ष १९८२ मा समाप्त भएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु