थाइल्याण्डमा नया राजा
काठमाडौं, १७ मंसिर । थाइल्याण्डमा ७० वर्षसम्म शासन गरेका राजा भूमिबोलको गत अक्टोम्बर १३ मा निधन भएपछि युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको छ । झण्डै डेढ महिनाअघि पिता भूमिबोल अदुल्यादेजको निधनपछि युवराज महावचिरालङकनलाई नयाँ राजा घोषित गरिएको हो ।
बिहीबार थाइल्याण्डको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारित एक समारोहमा युवराजले नयाँ राजा बन्न संसदले गरेको निमन्त्रणा स्वीकार गरेका थिए ।
थाइल्याण्डमा राजसंस्थालाई निकै सम्मान गरिन्छ । तर युवराज आफ्ना स्वर्गीय पिता जत्तिकै लोकप्रिय हुनसक्लान् कि नसक्लान् भन्नेमा भने आशंका गरिएको छ । आफ्ना बाबुकोजस्तै सम्मान कायम राखिराख्न ६४ वर्षीय महावचिरालङकनलाई निकै चुनौती हुने अनुमान पनि गरिएको छ । – एजेन्सी