मिनिबस तालमा खस्दा १८ जनाको मृत्यु
काठमाडौं, १७ मंसिर । चीनमा शुक्रबार भएको एक सडक दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको स्थानीय सन्चारमाध्यमले जानकारी दिएको छ । करिब २० यात्री सवार रहेका उक्त मिनिबस चीनको मध्यप्रान्त हुबेइको इझौउबाट वहानतर्फ गइरहेको र एक तालमा खस्दा कम्तिमा १८ व्यक्तिको मृत्यु भएको राज्यद्वारा सन्चालित सीसीटीभीले शुक्रबार नै सो जानकारी दिएको छ । सडक–किनारमा रहेको तालबाट दुर्घटनाग्रस्त मिनिबस निकालेको सीसीटीभीले दृष्य देखाएको छ । दुर्घटनाग्रस्त सो बसका चालकलाई भने गिरफ्तार गरिएको जनाइएको छ ।
चीनमा सडक दुर्घटना एक साधारण घटनाकोरुपमा हुने गरेको र सन् २०१३ मा भएका सडक दुर्घटनाहरुमा दुई लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । तर, यो संख्या सरकारी तथ्यांकभन्दा असाधारणरुपमा बढी भएको सरकारी तथ्यांक विभागका अधिकारीले बताएका थिए । गत वर्ष भएका सडक दुर्घटनामा चीनमा ५८ हजार २२ व्यक्तिको मृत्यु भएको थियो । गत नोभेम्बर चीनको उत्तरी प्रान्त सान्सीमा भएको दुर्घटना १७ व्यक्तिको मृत्यु हुनाका साथै अरु ५६ ओटा सवारी–साधान क्षतिग्रस्त भएका भएका थिए ।
त्यसैगरी, चीनको उत्तरी सहर तिआन्जीनमा गत जुलाइमा भएको सडक दुर्घटनामा कम्तिमा १७ व्यक्तिको मृत्यु भएको छ ।- रासस/एएफपी