हिटलरको घर कब्जा कानुन पारित

२०७३ मंसिर ३० गते, बिहीबार

काठमाडौं, ३० मंसिर । अष्ट्रियाको संसदले जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर कब्जा गर्ने कानुन पास गरेको छ । ब्राप्नाउ एम इन सहरमा रहेको उक्त घरका मालिकले भने घर बिक्री गर्न वा पुनःनिर्माण गर्न अस्वीकार गर्दै आएका थिए ।
अष्ट्रियाली सरकारले सन् १९७२ देखि घरलाई भाडामा लिएको थियो । उनलाई अब सरकारले क्षतिपूर्ति दिने बताइएपनि भवनलाई के गर्ने भने निर्णय गरिसकिएको छैन । अधिकारीहरुले नवनाजीहरुको पवित्रस्थल हुनबाट रोक्न भवन सरकारी नियन्त्रण ल्याउन चाहिरहेका थिए । सन् १८८९ मा हिटलरको जन्म भएको उक्त तीनतले भवनलाई नाजी शासनकालमा पर्यटन स्मारककोरुपमा प्रयोग गरिएको थियो । सन् १९४४ मा नाजीहरु हार्दै गएपछि भवन पर्यटकका लागि बन्द गरिएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु