चीनले नियन्त्रणमा लिएको ड्रोन फिर्ता गर्न आग्रह
काठमाडौं,२ पुस । अमेरिकाले आफ्नो अन्डरवाटर ड्रोन फिर्ता गर्न चीनसँग आग्रह गरेको छ । चीनले अमेरिकाको अन्डरवाटर ड्रोन दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट बिहीबार नियन्त्रणमा लिएको थियो । समुद्रमा सर्वेक्षण गर्ने जहाज युएसएनएस बोडिच ड्रोन पानी जहाजको खोजीमा रहेको र त्यसलाई भेट्न लागेका बेला चिनियाँ जल सेनाले ड्रोन नियन्त्रणमा लिएको आरोप अमेरिकाको छ ।
ओसन ग्लाइडर नामको ड्रोन पानीमा रहेको नुनको मात्रा तथा तापक्रम पत्ता लगाउन प्रयोग गरिएको थियो । अन्डरवाटर ड्रोनले दिएको जानकारी पानीमुनिको सञ्जालको सीमांकनका लागि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेविसले बताए । मानवरहित अन्डरवाटर ड्रोन दक्षिणी चीन सागरमा वैध रुपमा सर्भेका लागि पठाएको उनको भनाइ छ ।- एजेन्सी