चीनले ड्रोन चोरेको ट्रम्पको आरोप

२०७३ पुष ३ गते, आईतवार

काठमाडौं, ३ पुस । चीनले नियन्त्रणमा लिएको अमेरिकी समुद्री ड्रोन फिर्ता गर्ने भएको छ । चीनले गत बिहीबार चीनको दक्षिणी सागरमा प्रवेश गरेको अमेरिकी समुद्री ड्रोन नियन्त्रणमा लिएको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार छलफलपछि चीन ड्रोन फिर्ता गर्न सहमत भएको हो ।
यद्यपि, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी समुद्री ड्रोन चोरेको भन्दै ट्वीट गरेपछी चीन ड्रोन फिर्ता गर्न तयार भएको केही अमेरिकी विश्लेषकले बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]