सैन्य विमान दुर्घटना, १३ जनाको मृत्यु

२०७३ पुष ३ गते, आईतवार

काठमाडौं, ३ पुस । इन्डोनेसियाली सैन्य विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ‘हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र अन्य १० यात्रु गरी १३ जना सवार थिए । विमान आइतबार सुदूरपूर्वी इलाकामा दुर्घटना भएको हो । सैन्य अधिकारीका अनुसार विमानमा १२ टन खाद्यान्नसमेत थियो । खराब मौसमका कारण सो विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्थानीय समय अनुसार बिहान ५ः३५ मा टिमिकाबाट उडेको विमान वामिनामा अवतरणको निर्धारित समयभन्दा ४ मिनेट अगाडि नै दुर्घटना भएको हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]