आइएसद्वारा लरी आक्रमणको जिम्मेवारी

२०७३ पुष ६ गते, बुधबार

काठमाडौं, ६ पुस । जर्मनीको बर्लिनस्थित व्यस्त क्रिसमस बजारमा गराइएको लरी आक्रमणको जिम्मेवारी आइएसले लिएको छ । आईएसले अन्तर्राष्ट्रिय गठबन्धनका सदस्य राष्ट्रका नागरिकमाथि आक्रमण गर्न गरिएको अपीलअन्तर्गत आफ्ना लडाकुले लरी आक्रमण गरेको जनाएको छ । क्रिसमस बजारमा जानाजान जथाभावी लरी गुडाउँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।
यसअघि आक्रमणमा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिलाई भने छोडिएको छ । अधिकारीहरुले आक्रमणमा धेरै जनाको संलग्नता रहेको आशंका व्यक्त गरेका छन् । लरीका बास्तविक चालक पोलिस नागरिक लुकाच उर्वान यात्रु सिटमा मृत भेटिएका छन् । उनलाई आक्रमणकारीले गोली हानी हत्या गरेको अनुमान गरिएको छ । जर्मन चान्सलर एंगेला मर्केलले मारिएकाहरुप्रति श्रद्धाञ्जली दिँदै आक्रमणमा संलग्नलाई कारवाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]