आइएससँगको संघर्षमा १४ टर्कीस सैनिक मारिए, ३३ घाईते

२०७३ पुष ७ गते, बिहीबार

काठमाडौं, ७ पुस । सिरियामा अतिवादी इस्लामिक संगठन आइएससँग भएको पछिल्लो संघर्षमा आफ्ना १४ सैनिक मारिएको टर्कीले जनाएको छ । अल बब शहरमा भएको संघर्षमा उनीहरु मारिएको टर्कीले जनाएको हो । अल बब शहरलाई विद्रोहीको नियन्त्रणबाट मुक्त गराउन टर्कीले सघाइरहेको छ । अरु ३३ सैनिक घाइते भएका छन् । आइएसविरुद्ध अगष्टमा सैनिक कारवाहीमा उत्रिए यता एकै दिनमा यति धेरै आफ्ना सैनिक मारिएको टर्कीले जनाएको छ ।
आइएस लडाकूले बहुआत्मघाती बम प्रयोग गरेको घटनामा आइएसका भने १३८ लडाकू मारिएको पनि सैनिकले जनाएको छ । उता एलेप्पो शहर भने पूर्ण रुपमा सरकारी नियन्त्रण आएको छ । अबको गर या मरको संघर्ष भने अब बाब शहरमा केन्द्रित रहेको सिरियन सरकारले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]