पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु
काठमाडौं, ९ पुस । संयुक्त राष्ट्रसंघले युरोपमा गैरकानूनी रुपमा प्रवेश गर्ने क्रममा यस वर्ष पाँच हजार आप्रवासीको समुद्रमा डुबेर मृत्यु भएको जनाएको छ । अहिलेसम्मको तथ्यांक अनुसार यस वर्ष युरोप प्रवेश गर्ने क्रममा भूमध्य सागरमा डुबेर मृत्यु हुनको संख्या पाँच हजार पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले जनाएको हो । गएको बिहीबार इटालीको तटीय क्षेत्रमा दुईवटा डुंगा डुब्दा मृत्यु भएका एक सय जनासहित यो वर्ष गैरकानूनी रुपमा समुद्रको बाटो हुँदै युरोप प्रवेश गर्ने क्रममा उनीहरुको मृत्यु भएको हो ।
राष्ट्रसंघले आप्रवासीको सुरक्षाका लागि ध्यान युरोपसहितको विश्व समुदायलाई आग्रह पनि गरेको छ । खराब मौसम तथा असुरक्षित डुंगाका कारण डुबेर ज्यान गुमाउनेको संख्या बढिरहेको राष्ट्रसंघका प्रवक्ता विलियम स्पिन्डेल्एरले बताए । अहिलेको अवस्था निकै चुनौतीपूर्ण रहेको भन्दै उनले मानव तस्करलाई निरुत्साहित गर्दै आप्रवासीको सुरक्षाका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए । – एजेन्सी