तीन दर्जन रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन
काठमाडौं, १५ पुस । झन्डै तीन दर्जन रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन दिइएको छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले हालै भएको राष्ट्रपतिको निर्वाचनमा साइबर हमला गरेको आरोप लगाउँदै ३५ जना रुसी कुटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका हुन् । अमेरिकाले दुई वटा रुसी कार्यालय बन्द गर्नेसमेत जनाएको छ भने केही रुसीमाथि आर्थिक प्रतिबन्ध लगाउने तयारीसमेत गरेको छ ।
राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीहरुलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको स्पष्टोक्ति दिएका छन् । उनले रुसको हरकतसँग अमेरिकाले सधैं सावधान रहनुपर्ने पनि बताए ।
यसैबीच रुसी सरकारका एक प्रवक्ताले भने अमेरिकी कदमको रुसले उचित जवाफ दिने चेतावनी दिएका छन । – एजेन्सी