लादेनका छोरा आतंकवादीको सूचीमा

२०७३ पुष २२ गते, शुक्रबार

काठमाडौं, २२ पुस । अमेरिकी विदेश मन्त्रालयले आतंकवादी संगठन अल कायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हजमा बिन लादेनलाई आतंकवादीको सूचीमा राखेको छ । लादेनका कान्छा छोरा हजमा अल कायदामा सक्रिय रहेको भन्दै आतंकवादीको सूचीमा सामेल गरिएको विदेश मन्त्रालयले जनाएको छ ।
उनले यसअघि नै आफ्ना बाबु ओसामा बिन लादेनले देखाएको बाटोबा अघि बढ्ने र पश्चिमा देशमा आक्रमण गर्ने बताएका थिए । एक अडियो टेप जारी गर्दै उनले पश्चिमा देशलाई निशाना बनाएर आक्रमण गर्न अपील गरेका थिए । आतंकवादीको सूचीमा सामेल भएसँगै उनले कुनै पनि अमेरिकीसँग व्यापारिक साझेदारी गर्न पाउने छैनन् भने अमेरिकामा रहेको उनको सम्पत्ति पनि कब्जा हुनेछ । अल कायदामा ज्यादै लोकप्रिय रहेका उनले बाबुको स्थान लिने अनुमान गरिएको छ । यसैगरी अलकायदाका सुरक्षा प्रमुख इब्राहिम अल बानाको नाम पनि आतंकवादीको सूचीमा सामेल गरिएको छ । अल बानामाथि अमेरिकाले ५० लाख डलर इनाम समेत घोषणा गरेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु