ब्राजिलमा ३३ जनाको टाउको छिनालेर हत्या
काठमाडौं, २३ पुस । ब्राजिलको एक जेलमा फेरि ३३ जनाको टाउको छिनालेर हत्या गरिएको छ । जेलमा भएको एक घटनामा ५६ जना मारिएको एक दिनपछि फेरि जेलमै अरु ३३ जना मारिएका हुन् । उत्तरी ब्राजिलस्थित जेलमा भएको उक्त घटनामा टाउको छिनालिएका ३३ शव फेला परेको अधिकारीहरुले जनाएका छन् । लागू औषध अपराधमा संलग्नहरुबीच भएको भीडन्तमा उनीहरु मारिएको रोराइमा राज्यका अधिकारीले जनाएका हुन् । – एजेन्सी