पूर्वराष्ट्रपति रफ्सन्जानीको निधन
काठमाडौं, २५ पुस । इरानका पूर्वराष्ट्रपति अली अकबर हासमी रफसञ्जानीको निधन भएको छ । ८२ वर्षीय पूर्वराष्ट्रपति रफसन्जानीको हृदयाघातका कारण तेहरानस्थित एक अस्पतालमा निधन भएको हो । सन् १९८० को दशकका इरानको राजनीतिमा एक महत्वपूर्ण नेताका रुपमा उनको उदय भएको थियो । उनी सन् १९८९ देखि १९९७ सम्म इरानको राष्ट्रपति बनेका थिए । तर सन् २००५ को निर्वाचनमा उनी महमुद अहमदिनेजादसँग पराजित भएका थिए । रफसन्जानी एक्सपिडिएन्सी काउन्सिलको अध्यक्षसमेत थिए जसले संसद र संवैधानिक निकाय गार्डियन काउन्सिलबीच मतभेद देखिएमा त्यसलाई मिलाउने जिम्मेवारी पाएको थियो । – एजेन्सी