‘ह्वाइट हाउसलाई पारिवारिक व्यवसाय नठान’
काठमाडौं, २५ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘ह्वाइट हाउस’लाई पारिवारिक व्यवसाय नठान्न सुझाव दिएका छन् । अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजलाई अन्तरवार्ता दिदैं ओबामाले देशका संस्थाहरुलाई सम्मान गर्न ट्रम्पलाई सुझाव दिएका हुन् । उनले भने, ‘शपथ लिएपछि तपाई विश्वकै सबैभन्दा ठूलो संगठनको प्रमुख बन्नुहुन्छ ।’ चुनाव प्रचार गर्नु र सरकार चलाउनुमा निकै भिन्नता हुने पनि ओबामाले बताए ।
उनले भने, ‘विश्वभरीका राजधानीहरु र वित्तीय बजारमा यस्ता मानिस छन् जो तपाईले भनेका कुरालाई गम्भीरतापूर्वक लिन्छन् ।’ – एजेन्सी