आफ्नै ज्वाईं वरिष्ठ सल्लाहकार !

२०७३ पुष २६ गते, मंगलवार

काठमाडौं, २६ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन् । ससुरा ट्रम्पलाई राष्ट्रपतिमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका ३५ वर्षीय कुशनरले ह्वाइटहाउसमा रहेर आन्तरिक र वाह्य नीतिसम्बन्धि काम हेर्ने खबरहरुमा उल्लेख छ ।
राष्ट्रपति निर्वाचनमा ससुरा ट्रम्पलाई अर्थ संकलन गर्न कुशनरको ठूलो भूमिका थियो । आगामी दिनमा मध्य पूर्वमा व्यवसायसम्बन्धि सम्झौता गर्ने जिम्मेवारी पनि कुशनरको रहने जनाइएको छ । यद्यपि, आलोचकहरुले भने यसरी सरकारी नियुक्तिमा आफ्ना नातेदारलाई नियुक्त गर्नु अमेरिकी भाइभतिजावाद कानूनको उल्लंघन हुने पनि बताएका छन् । कुशनर स्वयं पनि ससुरा झंै एक घरजग्गा कारोबारी हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु