ट्रम्पद्वारा उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने कसम

२०७३ माघ ८ गते, शनिबार

काठमाडौं, ८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक चरमपन्थीलाई पूर्ण रुपमा सखाप पार्ने कसम लिएका छन् । अमेरिकी राष्ट्रपतिको पद तथा गोपनियताको शपथ लिएपछि अमेरिकी जनतालाई संबोधन गर्दै ट्रम्पले वाशिंगटनमा केन्द्रित सत्तालाई जनताको बीचमा पुर्‍याउने बाचा पनि गरे । लामो समयदेखि राजधानीमा बस्ने सानो समूहले मात्र सरकारी सेवाहरुको लाभ उठाएको र बाँकी जनताले त्यसको मूल्य चुकाएको भन्दै वासिङ्टन फस्टाउने र आमजनताले लाभ नपाउने व्यवस्था अन्त्य गरिने उनको भनाइ थियो । राजनीतिक नेताहरु समृद्ध हुँदा कलकारखाना बन्द भएको र जनता बेरोजगार बनेको भन्दै ट्रम्पले देशको संस्थापन पक्षले आफ्नो संरक्षण गरेपनि देशका नागरिकलाई सुरक्षित बनाउन नसकेको आरोप लगाए ।
आगामी चार वर्षभित्र देशको उच्च आर्थिक विकास गर्ने बाचा गर्दै उनले सीमा क्षेत्रको नियन्त्रण र संसारभर अमेरिकाको सम्मान पुनस्र्थापित गरेर महान् राष्ट्रका रुपमा चिनाउने अठोट पनि ब्यक्त गरे । अमेरिकी नागरिक देश पुनर्निर्माण गर्ने राष्ट्रिय अभियानमा एकताबद्ध भएको तर्क गर्दै उनले अहिलेको प्रयासले नै आगामी वर्षहरुमा अमेरिका र यो संसार कता जान्छ भन्ने निक्र्यौल गर्छ भने ।
त्यसअघि, अमेरिकी संसद भवन क्यापिटोल हिल अगाडि आयोजित विशेष समारोहमा प्रधानन्याधीश जोन जी. रोबर्टस् जुनियरबाट ४५ औं राष्ट्रपतिका रुपमा ट्रम्पले ३५ शब्दको शपथ लिएका थिए । एउटा हात बाईबलमाथि र अर्को हात उठाएर ट्रम्पले ईश्वरका नाममा शपथ लिएका हुन् । आफूले शपथ लिएपछि राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइकल पेन्सलाई शपथ गराएका थिए । डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्र्दै ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपतिका रूपमा ह्वाटहाउस प्रवेश गरेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु