बेलायतमा डोनाल्ड ट्रम्प विरुद्ध प्रदर्शन
काठमाडौं, ९ माघ । बेलायतमा अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध प्रदर्शन भएको छ । अमेरिकाको निकट मित्र मानिएको बेलायतमा पनि डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्न पाउँदा नपाउँदै व्यापक विरोध प्रदर्शन गरिएको छ । एक लाख सर्वसाधारण सहभागी ठानिएको प्रदर्शनमा महिलाको संख्या उल्लेख्य थियो । अमेरिकाको वाशिङटनमा भएको वीमेन्स मार्च अन वाशिङटनको समर्थनमा बेलायतमा पनि प्रदर्शन गरिएको हो । प्रदर्शनमा बेलायतका मेयरदेखि टेलिभिजनका प्रस्तोताहरु समेत सहभागी बने । ट्रम्पको नीतिले आफूहरुको अधिकार हनन हुने र भविष्य खतरामा पर्ने भन्दै महिलाहरुले ट्रम्प बिरुद्ध नारावाजी गरेका थिए । – एजेन्सी