पपुवा न्यू गिनीमा ७.९ म्याग्निच्यूडको भूकम्प
काठमाडौं, ९ माघ । पपुवा न्यू गिनीको बोगेनभिले द्वीपमा ७.९ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पबाट भएको धनजनको क्षतिबारे विवरण आइसकेको छैन । भूकम्पको केन्द्र अरावाबाट ४७ किलोमिटर पश्चिमतर्फ सतहबाट एक सय ५४ किलोमिटर गहिराइमा रहेको बताइएको छ । प्रशान्त सुनामी चेतावनी केन्द्रले केही तटीय क्षेत्र र नजिकैको सोलोमन द्वीप समूहमा सुनामीको चेतावनी जारी गरेको छ । – एजेन्सी