बौद्धिक चोरी सम्बन्धी अपराधमा ३८ सय जना पक्राउ

२०७३ माघ ११ गते, मंगलवार

काठमाडौं, ११ माघ । चीनमा सन् २०१६ मा बौद्धिक चोरी सम्बन्धी अपराध गर्ने झन्डै ३८ सय जनालाई पक्राउ गरी कारबाही गरिएको अधिकारीहरुले जनाएका छन् । झन्डै सात हजार भन्दा बढी बौद्धिक चोरी सम्बन्धी घटना भएको पनि हालै सार्वजनिक विवरणमा जनाइएको छ । आधिकारीक तथ्याङ्क अनुसार, बौद्धिक चोरी सम्बन्धी अपराधका घटनामध्ये झन्डै ९२ प्रतिशत अर्थात् ३५ सयवटा उलङ्घनका घटना ट्रेडमार्क सम्बन्धी रहेका छन् । बाँकी घटना प्रतिलिपी अधिकार र व्यापारिक गोपनीयता सम्बन्धी रहेको पनि अधिकारीले जनाएका छन् । रासस-सिन्ह्वा

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु