सैन्य आधार शिविरमा आतंककारी हमला

२०७३ माघ १५ गते, शनिबार

काठमाडौं, १५ माघ । सोमालियामा विद्रोही समूह अल सबाबले सैन्य आधार शिविरमा आक्रमण गर्दा ५० जना सैनिक मारिएका छन् । दक्षिणी क्षेत्रमा रहेको आधार शिविरमा हतियारसहित प्रवेश गरेका आतंककारी समूहले आक्रमण गरेको हो । घटनामा थुप्रै घाइते भएका जनाइएको छ । सो समूहले आधार शिविरमा रहेका केही सैन्य सवारी–साधन र हतियारसमेत लुटेर लगेको सोमालियाली अधिकारीहरुले बताएका छन् ।
यता, अल सबाबले भने उक्त आक्रमणलाई आफनो ठूलो उपलब्धि भन्दै थप आक्रमणको चेतावनी दिएको छ । सो संगठननले आक्रमणमा एक सयभन्दा बढी सैनिक मारिएको दाबी गरेको छ । सोमालिया सरकारले भने मृतकको संख्या ५० नै भएको जनाएको छ । घटनालगत्तै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइ अनुसन्धान थालिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु